काठमाडौं । नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्याउन पार्टी नेतृत्वलाई आगह्र गरेका छन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेद्वारको नामावली निर्वाचन आयोगमा बुझाउने अन्तिम तयारी भइरहँदा उनले सबै पार्टीले २०४७ सालभन्दा यता एक पटक समानुपातिक वा राष्ट्रियसभा सदस्य भइसकेको व्यक्तिलाई पुन त्यो अवसर नदिन आग्रह गरेका हुन्। मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीले एमालेले यस्ता व्यक्तिलाई समानुपातिकको अवसर दिनै नहुने तर्क अघि सारेका हुन्।
‘२०४७ साल पश्चात एक पटक समानुपातिक सांसद या राष्ट्रियसभा सदस्य भैसकेका व्यक्तिलाई पुन दोहोर्याउने काम नगरौं। कम्तीमा नेकपा एमालेले नगरोस’ पार्टीको संगठन विभागका पूर्व प्रमुख समेत रहेका अधिकारीले लेखेका छन्, ‘जीवनमा एकजनालाई एक पटक मात्र मनोनित हुने अवसर प्राप्त होस।’
अधिकारीले यस्तो अवसर पनि न्यायोचित वितरण होस भन्ने माग गरे। पार्टीमा पद र अवसरका लागि थिती बसोस भन्ने आफ्नो विशेष आग्रह रहेको उनको भनाइ छ।
फागुन २१ गते हुने निर्वाचनका लागि दलहरुलाई पुष १२ गतेसम्म समानुपातिक तर्फका उम्मेद्वारको सुची निर्वाचन आयोगमा बुझाउने समयसिमा दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ पुस २०८२, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना