काठमाडौं । नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्याउन पार्टी नेतृत्वलाई आगह्र गरेका छन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेद्वारको नामावली निर्वाचन आयोगमा बुझाउने अन्तिम तयारी भइरहँदा उनले सबै पार्टीले २०४७ सालभन्दा यता एक पटक समानुपातिक वा राष्ट्रियसभा सदस्य भइसकेको व्यक्तिलाई पुन त्यो अवसर नदिन आग्रह गरेका हुन्। मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीले एमालेले यस्ता व्यक्तिलाई समानुपातिकको अवसर दिनै नहुने तर्क अघि सारेका हुन्।
‘२०४७ साल पश्चात एक पटक समानुपातिक सांसद या राष्ट्रियसभा सदस्य भैसकेका व्यक्तिलाई पुन दोहोर्याउने काम नगरौं। कम्तीमा नेकपा एमालेले नगरोस’ पार्टीको संगठन विभागका पूर्व प्रमुख समेत रहेका अधिकारीले लेखेका छन्, ‘जीवनमा एकजनालाई एक पटक मात्र मनोनित हुने अवसर प्राप्त होस।’
अधिकारीले यस्तो अवसर पनि न्यायोचित वितरण होस भन्ने माग गरे। पार्टीमा पद र अवसरका लागि थिती बसोस भन्ने आफ्नो विशेष आग्रह रहेको उनको भनाइ छ।
फागुन २१ गते हुने निर्वाचनका लागि दलहरुलाई पुष १२ गतेसम्म समानुपातिक तर्फका उम्मेद्वारको सुची निर्वाचन आयोगमा बुझाउने समयसिमा दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ पुस २०८२, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने