राष्ट्रिय खेलकुद परिषद्का पाँच सदस्य नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०८२, १९ : ५८
राष्ट्रिय खेलकुद परिषद्का पाँच सदस्य नियुक्त

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेका छन्। 

गुप्ताले रिक्त भएको सदस्यमा क्रिकेट प्रशिक्षक जगत टमाटा, रग्बी संघका संघका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ र्‍याफटिङ एजेन्सिज (नारा) को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो संघको तर्फबाट कुमार लामा घिसिङ र उद्योग वाणिज्य महासंघको सिफारिसमा प्रयास कार्की रहेको मन्त्रीका स्वकीय सचिव विनोद रिमालले जनाकारी दिए।

टमाटा खेल विज्ञ क्लस्टरमा नियुक्त भएका हुन्। राष्ट्रिय खेल संघको सिफारिसमा घिसिङ र मेहताले जिम्मेवारी पाए।

प्रतिक्रिया दिनुहोस