काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा चुनाव हुनुपर्ने बताएका छन्। सञ्चार मन्त्री जगदीश खरेलसँगको भेटमा ‘प्रचण्ड’ले चुनावको विकल्प नभएको बताएका छन्।
‘प्रचण्ड’लाई भेटेपछि सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ। ‘प्रचण्ड’सँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनको लागि सरकारलाई सहयोग हुन्छ।’
उनले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले पनि सरकारले निर्वाचनको वातावरण बनाए चुनावमा जाने बताएको उनले सुनाए। प्रधानमन्त्री पनि चुनावको वातावरण बनाउनको लागि राजनीतिक दलसँग कुरा गरिरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार