काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई आगामी प्रतिनिधिसभा चुनाव लड्न देशका कतिपय निर्वाचन क्षेत्रबाट सिफारिस आउन थालेको छ ।
गत प्रतिनिधिसभा चुनावमा गोरखा २ बाट निर्वाचित प्रचण्ड त्यहाँबाट भने यसपटक सिफारिस भएका छैनन । प्रचण्डलाई अहिलेसम्म देशका ७ वटा निर्वाचन क्षेत्रबाट पहिलो नम्बरमा नाम राखेर निर्वाचन लड्न सिफारिस भएको छ ।
प्रचण्ड यस्ता नेता हुन्, जसले पहिलो संविधानसभा देखि अहिलेसम्म हरेक पटक निर्वाचन क्षेत्र परिवर्तन गदैं चुनाव जित्दै आईरहेका छन् । शीर्ष नेताहरु एकै स्थानमा चुनाव लडिरहेका बेला प्रचण्डले भने हरेक चुनावमा निर्वाचन क्षेत्र परिवर्तन गदै चुनाव लड्दै आईरहेका छन् ।
अहिले प्रचण्डलाई चुनाव लड्नका लागि उनको जन्मथलो कास्की ३ बाट सिफारिस भएको छ । सम्वन्धित निर्वाचन क्षेत्रको पार्टी बैठकले कास्की ३ मा चुनाव लड्न प्रचण्डलाई पहिलो नम्बरमा नाम राखी सिफारिस गरेको हो । त्यहाँबाट प्रच्ण्डसहित १६ जनाको नाम सिफारिस गरेको छ ।
त्यस्तै प्रचण्डलाई चुनाव लड्न सिन्धुलीबाट पनि सिफारिस आएको छ । सिन्धुली २ बाट उनी पहिलो नम्बरमा उम्मेदवार सिफारिस भएका छन् । त्यहाँ प्रचण्डसहित हरिबोल गजुरेल, महेश्वर दाहाल लगायत नेताहरु सिफारिसमा परेका छन् । प्रचण्डलाई महोत्तरी क्षेत्र नम्बर ४ बाट पनि चुनाव लड्न सिफारिस गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक प्रचण्डलाई पहलिो नम्बरमा महोत्तरी ४ ले पनि चुनाव लड्न सिफारिस गरेको हो ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट पनि प्रचण्डको नाम सिफारिस भएको छ । उनले पहिलो संविधानसभामा चुनाव लडेका रोल्पाबाट पनि चुनाव लड्न सिफारिस भएको छ । उनी २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा रोल्पा र काठमाडौं १० बाट चुनाव लडेर दुवै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । पछि उनले रोल्पा छोडेका थिए, त्यहा उपचुनाव हुँदा जयपुरी घर्ती निर्वाचित भएकी थिइन् ।
यसपटक रोल्पाले फेरि प्रचण्डलाई चुनाव लड्न नाम सिफारिस भएको हो । रोल्पाबाट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को नाम एक नम्बरमा राखेर वर्षमान पुन लगायत नेताहरुलाई उम्मेदवार सिफारिस गरेको छ । प्रचण्ड गोरखा १ बाट पनि चुनाव लड्नका लागि सिफारिस भएका छन् । गत चुनावमा गोरखा २ बाट निर्वाचित प्रचण्डलाई यसपटक गोरखा १ बाट चुनाव लड्न सिफारिस गरिएको नेकपा गोरखाका इञ्चार्ज अमर तमुले जानकारी दिए।
उनको नाम नुवाकोट क्षेत्र नम्बर १ बाट पनि सिफारिस भएको छ । नुवाकोट १ मा प्रचण्ड सहित हितबहादुर तामाङको नाम सिफारिस भएको छ । नेपालीक म्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार, अहिलेसम्म संयोजक प्रचण्डलाई चुनाव लड्नका लागि झण्डै आधा दर्जन भन्दा बढी निर्वाचन क्षेत्रबाट सिफारिस आएको छ । अझै कतिपय निर्वाच क्षेत्रले उम्मेदवार सिफारिस गर्ने क्रम चलिरहेकोले उनलाई अन्यउ ठाँउबाट पनि चुनाव लड्नका लागि प्रस्ताव आउने सम्भाबना देखिएको छ ।
प्रचण्डले भने यसपटक चुनाव कहाँबाट लड्लान् भन्ने बारेमा कुनै निर्णय लिएका छैनन । उनले यसबारेमा अहिले केही बताएका छैनन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी