सुनसरी । नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ ।
बुधवार बसेको क्षेत्रीय कमिटी बैठकले दाहालसँगै महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्वालको नाम सिफारिस गरेको हो ।
यस्तै, समानुपातिकतर्फ योगेन्द्रप्रसाद मण्डल (पप्पु), धर्मलाल उराँव, दिलमहमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरेको नेकपा केन्द्रीय सदस्य पदम अधिकारीले जानकारी दिए ।
उनका अनुसार बिहीबार जिल्लाका बाँकी तीन वटा निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुङ्ग्याइ केन्द्रमा सिफारिस गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०८२, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार