सुनसरी । नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ ।
बुधवार बसेको क्षेत्रीय कमिटी बैठकले दाहालसँगै महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्वालको नाम सिफारिस गरेको हो ।
यस्तै, समानुपातिकतर्फ योगेन्द्रप्रसाद मण्डल (पप्पु), धर्मलाल उराँव, दिलमहमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरेको नेकपा केन्द्रीय सदस्य पदम अधिकारीले जानकारी दिए ।
उनका अनुसार बिहीबार जिल्लाका बाँकी तीन वटा निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुङ्ग्याइ केन्द्रमा सिफारिस गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०८२, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको सचिवालयले भन्यो– 'रास्वपासँग चुनावी सहकार्यका विषयमा कुनै कुराकानी भएको छैन'
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने