काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले आगामी चुनावका बारेमा कुनै पनि राजनीतिक पार्टीसाग सम्वाद र कुराकानी नभएको प्रष्टाएको छ ।
बिहिबार केही दैनिक पत्रिकाले नेपाली कम्युनिष्ट पार्टीका संयोजकले राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)सँग चुनावी सहकार्यको प्रस्ताव राखेको समाचार प्रकाशन गरेको थियो । त्यसपछि प्रचण्डको सचिवालयले समाचारमा कुनै सत्यता नभएको र उक्त समाचार झुटो भएको बताएको छ ।
‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुठ्ठा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको छ ।
'यो समाचार पूर्णतः असत्य छ ।’ प्रचण्डको सचिवालयले भनेको छ, ‘चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फवाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी गर्नुभएको छैन । यसप्रकारका असत्य र सम्वन्धित पक्षवाट पुष्टी विना एकपक्षीयढंगले प्रवाह गरिएका झुठ्ठा समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०८२, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी