काठमाडौं । फागुन २१ को चुनावमा आशंका गरिरहेको नेकपा एमालेले भित्रभित्र भने उम्मेदवार चयनका काम तीव्र बनाएको छ । पार्टीको एघारौं महाधिवेशन पछि आएको परिणामलाई आधार बनाएर एमालेले इतर पक्षका नेताहरुलाई सुरु देखि नै कर्नरमा पार्ने नीति लिन थालेको छ ।
सस्थागत पार्टी कमिटिको छलफलका आधारमा नभई नेता विशेषलाई एमाले महासचिवले निर्देशन दिँदै समानुपातिक उम्मेदवारको नाम तत्काल सिफारिस गरिहाल्न निर्देशन गरेका हुन् ।
एमालेका एक जिल्ला अध्यक्षका अनुसार, महासचिव शंकर पोखरेलले मंगलबार जिल्ला अध्यक्ष र प्रदेश अध्यक्ष सम्मलाई राखेर भर्चुअल बैठक गरेका छन् । बैठकमा महासचिव पोखरेलले प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवार तत्काल सिफारिस गर्न जिल्ला अध्यक्षलाई निर्देशन दिएका हुन् ।
महासचिव पोखरेलले पार्टी कमिटि बैठक अहिले राख्न नभ्याएपनि अध्यक्षले जिम्मा लिने गरी प्रदेश हुँदै केन्द्रमा तत्काल उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गरेका हुन् । ती जिल्ला अध्यक्षका अनुसार, महासचिव पोखरेलले प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित प्राथमिकता क्रम तोकेर तीनजनाको नाम प्रदेश हुँदै केन्द्रमा सिफारिस गरिहाल्न निर्देशन दिएका थिए ।
मंगलबार बिहान मात्रै उपमहासचिव तथा सस्थापन इतर पक्षका नेता योगेश भट्टराईले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने समय आएकोले यसबारेमा कमिटि बैठक राखेर तत्काल काम गर्न महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण गराएका थिए । तर उपमहासचिव भट्टराईलाई महासचि पोखरेलले केही छनक नदिएपनि मंगलबार नै जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षहरु राखेर समानुपातिक तर्फका उम्मेदवारको नाम ततकाल सिफारिस गर्न भनेका हुन् ।
सस्थापन पक्षको यो खालको निर्देशन पछि इश्वर पोखरेल समुह भने आशंकति भएको छ । आफुहरुसँग छलफल समेत नगरी, कुनै मापदण्ड नै नबनाई जिल्ला अध्यक्षहरुको भर्चुअल बैठक राखेर उम्मेदवार नाम सिफारिस गर्न निर्देशन गरेपछि पोखरेल समुह भने शसंकित छ ।
उनीहरुले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले टिकट वितरणमै कमिटि प्रणालीमा छलफल नगरी मनोमानी गर्न खोजेको आशंका उनीहरुले गरेका छन् । पार्टी सचिवालय बैठकसमेत नडाकी महासचिव पोखरेलले उम्मेदवार छनोटजस्तो महत्वपूर्ण काम एकतर्फी अघि बढाएकोमा ईश्वर पक्षका नेताहरूले सार्वजनिक असन्तुष्टी जनाउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०८२, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
एमाले अध्यक्ष ओली पक्राउपछि तनावः सडकमा उत्रिए आक्रोशित कार्यकर्ता
जेन जेड आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन गर्न एमालेको माग
ओली र लेखकको गिरफ्तारी गैरकानुनी: एमाले
एमालेले सार्वजनिक गर्यो विरोध कार्यक्रम