एजेन्सी । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ।
उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ।
सोही व्यवस्था पालना नगरेको भन्दै विभागले आइतबार प्रिया स्विट एन्ड चाट हाउस (महाराजगन्ज) र आई क्याफे रेस्टुरेन्ट एन्ठ बार (टोखा) लाई रु ५० हजारका दरले जरिवाना गरेको हो।
त्यसैगरी विभागले अन्य १४ वटा फर्मको अनुमगन गरी, निर्देशनात्मक कारबाही गरेको छ। विभागले पछिल्ला दिनमा बजार अनुमगनलाई तीव्र पारेको छ।
बजारलाई स्वच्छ बनाउन, कालोबजारीको नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउन क्रियाशिल भएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ पुस २०८२, ०६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजार अनुगमनमा तीन फर्मलाई जरिवाना
कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना
बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना
दुई फर्मलाई नगद जरिवाना
एक फर्मलाई जरिवाना, पाँचवटालाई सुधार गर्न निर्देशन
दुई फर्मलाई नगद जरिवाना