काठमाडौँ । अन्तरिम सरकार विधेयक निर्माणमा सक्रिय हुँदै छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले यसअघि नै तय भएको प्राथमिकता बमोजिम १२१ वटा विधेयक निर्माणमा सरकार अग्रसर भएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।
‘१२१ वटा विधेयकको मस्यौदा बनाउने भनेर त्यसको जानकारी संसद्लाई यसअघि नै दिइएको छ’, मन्त्री सिन्हाले भने ।
बैठकमा विधायन एन २०८१ को कार्यान्वयनको सन्दर्भमा छलफल जारी छ । यो ऐन २०८१ साल चैत ३ गते जारी भएको थियो । जसले ऐन जारी भएको मितिले एक वर्षभित्र प्रत्यायोजित विधायनहरू (नियमावली, विनियमावली, निर्देशिका आदि) राजपत्रमा प्रकाशित गर्नुपर्ने भनिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०८२, १३ : ५५
लेखकबाट थप