काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा नौ भाले घडियाल गोही गणना गरिएको छ ।
अतिसङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको प्रत्यक्ष गणना गर्ने क्रममा राप्ती नदीमा सात र नारायणी नदीमा दुई गरी नौ घडियाल गोही फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार दुवै नदीमा जम्मा ३६६ घडियाल गोही फेला परेका छन् । ‘अनुगमनका क्रममा हामीले राप्ती नदीमा २३१ तथा नारायणी नदीमा १३५ घडियाल गोही फेला पारेका छौँ’, थापामगरले भने ‘गत वर्ष दुवै नदीमा गरी जम्मा ३५२ मात्रै घडियाल गोही देखा परेका थिए ।’ उनका अनुसार यस वर्षको गणनामा राप्ती नदीमा २०६ तथा नारायणी नदीमा १४६ घडियाल फेला परेका छन् ।
गत वर्षकोभन्दा यस वर्ष नारायणी नदीमा घडियाको सङ्ख्यामा कमी आएको भन्दै उनले राप्ती नदीमा भने घडियालको सङ्ख्या बढेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोहीको अण्डा संकलन सुरु
राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज