साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि एपीएफ र इस्ट बंगाल खेल्दै

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०८२, १० : ००
साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि एपीएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं । पहिलो पटक आयोजना भइरहेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज नेपालको लिग च्याम्पियन टोली एपीएफले भारतको लिग च्याम्पियन इस्ट बंगलासँग खेल्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो ।

जसमा नेपाल र भारतसहित दक्षिण एसियाका पाँच राष्ट्रका क्लबहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमा नेपालको एपीएफ र भारतको इस्ट बंगला शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेको हो ।

यो प्रतियोगिता क्लबहरुले खेलेपनि राष्ट्रकै प्रतिनिधित्व भएकोले यस फाइनलका लागि तयारी रहेको र उपाधि जित्नका लागि खेल्ने एपीएफकी कप्तान अनिता बस्नतेले बताएकी छन् । ‘हामी फाइनलमा इस्ट बंगालको सामना गर्न तयार छौं । क्लबभन्दा पनि देशलाई नै प्रतिनिधित्व गरिरहेका छौं अनि पहिलोपटक उपाधि जित्नका लागि उत्साहित पनि छौं ।’

नेपालको महिला फुटबल टिमले अहिलेसम्म धेरै पटक फाइनल खेले पनि उपाधि जित्न सकेको छैन । एपीएफ त्यो उपाधि भोक पूरा गर्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस