काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेपाली काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकिएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको पूर्ण इजलासमा आजको सुनुवाइ सकिएको हो। प्रारम्भिक सुनुवाइ सकिएकाले आजै आदेश आउने छ।
पूर्णइजलासमा प्रधान न्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी रहेका छन्। गत मंसिर २१ गते प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले सर्वोच्च अदालतमा रिट दिएको थियो।
काँग्रेसका ७ जना सांसदको तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्म खातीले रिट निवेदन पेस गरेका थिए। निवेदकमा प्रमुख सचेतक घिमिरेसहित, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुन जागा छन्।
रिटमा संसदभन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने परिकल्पना संविधानले नगरेकाले प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको कदम असंवैधानिक रहेकाले बदरको माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?