मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरी पखेरा जंगलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो सिकार खेल्न जंगल गएका दुई साथीमध्ये एकजनाको भरुवा बन्दुक अचानक पड्किँदा अर्का साथीको मृत्यु भएको हो।
मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ बालुभञ्ज्याङ बस्ने ५० वर्षीय सेते थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार आइतबार दिउँसो २ बजेको समयमा राक्सिराङ गाउँपालिका–८ राजराङ्ग बस्ने ४५ वर्षीय गोपाल ब्लोन र मृतक थिङ एक-एक थान भरुवा बन्दुक बोकेर सिकार खेल्न जंगल गएका थिए।
प्रवक्ता बोगटीका अनुसार जंगलमा हिँड्ने क्रममा अगाडि रहेका गोपाल ब्लोनको खुट्टा लहरामा अल्झिएर लड्न पुग्दा उनीसँग रहेको भरुवा बन्दुक अचानक पड्किएको थियो। सोही बन्दुकको गोली पछि-पछि आइरहेका साथी सेते थिङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटना लगत्तै गोपाल ब्लोनले अपराह्न ४:४० बजे ईलाका प्रहरी कार्यालय मनहरीमा जानकारी गराएका थिए। सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट २ थान भरुवा बन्दुक बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु