चितवन । नेपाली काँग्रेस चितवनले तत्कालीन संविधानसभा निर्वाचनपश्चात् समानुपातिकमा नाम समावेश भएकाहरूलाई यस पटक समानुपातिकमा सिफारिस नगर्ने भएको छ । पार्टीको बिहीबार बसेको बैठकले विधि बनाएर सिफारिस गरेको हो ।
जिल्ला सभापति राजेश्वर खनालका अनुसार अगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि विधि तय गरी सिफारिस गरिएको हो । दोस्रो संविधानसभा निर्वाचन विसं २०७० पश्चात् प्रत्यक्षबाहेक अन्य प्रणालीबाट संघ तथा प्रदेशमा जिल्लाभित्र क्रियाशील सदस्यता लिई सफलता प्राप्त गरेकाको हकमा यस पटक प्रत्यक्ष निर्वाचनमा मात्रै सिफारिस गरिएको उनले बताए।
यसबाट पार्टीका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, केन्द्रीय सदस्य शान्ति परियार, बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठलगायतले यस पटक प्रत्यक्षबाहेकमा सिफारिस नहुने भएका छन् ।
तीनवटै क्षेत्रबाट आएका नामलाई जिल्लाले बनाएको यही विधिअनुसार राय लेखेर केन्द्रमा पठाइने सभापति खनालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन