काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ।
अपराह्न ३:३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन्। छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन्। कर्णालीका कप्तान सोमपाल कामी हुन् भने जनकपुरका मार्की प्लेयर आशिफ शेख हुन्। लगातारको असफलतापछि जनकपुरले कप्तान भने अधिकांश खेलमा परिवर्तन गर्दै आएको छ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ।
एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?
कसले जित्ला एनपीएल : सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ?
लुम्बिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै विराटनगर
एनपीएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त