जिउक्वान । चीनले मंगलबार लङ-मार्च-४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान-४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो रकेट चीनको उत्तर-पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११:४१ बजे (बेइजिङ समय)उडान भरेको थियो र उपग्रहले निर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको छ ।
याओगान–४७ उपग्रह मुख्यत: राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली उत्पादन अनुमान, वातावरण व्यवस्थापन र विपद् पूर्वतयारी तथा न्यूनीकरणका काममा प्रयोग हुने बताइएको छ । याओगान–४७ले निर्धारित कक्षामा प्रवेश गरेर चीनको अवलोकन र डेटा संकलन क्षमतामा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
यो प्रक्षेपण लङ–मार्च शृङ्खलाको ६१४औँ मिशन हो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ मंसिर २०८२, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति