काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेनजेड पुस्ताबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
आज राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक रहेको बताए । यी तीन पक्षबीचको सहमतिबाट मात्र अघि बढ्नुपर्ने उनको माग छ ।
उनले विदेशमा रहेका मतदातासहित देशभित्र नै अन्तर जिल्ला मताधिकारको सुनिश्चित गर्न ध्यानाकर्षण गराए । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नयाँ राजनीतिक समझदारी निर्माणमा जोड दिए । उनले भने, “नयाँ सम्झौता र नयाँ शक्तिका लागि बाटो खोल्दिनुहोस् । चुनावमा हतार नगरौँ । यो सबै समस्याको निदान पछि निर्वाचनमा जाऔँ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०८२, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
कमल थापालाई टिकट दिएपछि राप्रपामा रडाको
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन