काठमाडौँ । २२ वर्षपछि नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका-४ का ४३ वर्षीय खेमबहादुर थजाली छन् । उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका-८ कालिपुलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थजालीसमेतका व्यक्तिले ६ कात्तिक २०६० मा म्याग्दीको साविक दग्नाम गाविस-२ बस्ने धनराम तिलिजाको हत्या गरेका थिए । घरमा सुतिरहेका तिलिजालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । यो मुद्दामा उनलाई म्याग्दी जिल्ला अदालतले २९ चैत २०६३ मा १९ वर्ष ७ महिना कैद सजाय तोकेको थियो ।
हाल उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतमार्फत लगत कट्टाको लागि कारागार कार्यालय म्याग्दीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ मंसिर २०८२, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ