काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २३ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । आज पत्रकार सम्मेलन गरेर आन्दोलनका कामाण्डर ज्ञानेन्द्र शाही पार्टीभन्दा माथि उठेर देश जोगाउने आन्दोलनमा सहभागी हुन आग्रह गरे ।
उनले भने, ‘आयोजक राप्रपा हो तर राप्रपाको मात्रै झन्डा सहभागी गर्दैनौँ । राष्ट्रिय झन्डामा जो जति साथीहरू हुनुहुन्छ, एकजुट भएर आउनुस् ।’
उनले जेनजीहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको टिप्पणी गरे । जेन-जीको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले ७५ जनाले किन ज्यान फालेका थिए ? त्यसको जवाफ दिनुपर्ने बताए ।
संविधान संशोधनको माग गर्दै उनले प्रदेश खारेजी, हिन्दू राज्य, संवैधानिक राजा, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैर दलीय, भ्रष्टाचारीलाई आजीवन कारावास र जेनजी आन्दोलनको हत्यारालाई कारबाहीको माग राखे ।
राजा, जेन-जी र दलहरूबीचको त्रिपक्षीय सम्झौता गर्न माग गर्दै आफूहरूले उठाएको एजेन्डामा समर्थन गर्नेहरूलाई एकैठाउँमा उभिन आह्वान समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ मंसिर २०८२, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग