सामन्था रुथ प्रभुले गरिन् निर्देशक राज निदिमोरुसँग विवाह

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०८२, १२ : २४
सामन्था रुथ प्रभुले गरिन् निर्देशक राज निदिमोरुसँग विवाह

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु र निर्देशक राज निदिमोरुले सोमबार बिहान विवाह गरेका छन् । दुवैजनाले इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएका छन् ।

विवाह समारोह सोमबार बिहान ईशा योग केन्द्र भित्र रहेको लिंग भैरवी मन्दिरमा विवाह भएको थियो । विवाहमा ३० जना मात्र पाहुना उपस्थित रहेको उल्लेख छ । विवाहमा सामन्थाले रातो साडी लगाएकी थिइन् ।

आइतबार राति अबेरसम्म यी दुई विवाहको तयारीमा छन् कि छैनन् भन्ने बारेमा अड्कलबाजी सुरु भएको थियो । राजकी पूर्वपत्नी श्यामली डेले आफ्नो इन्स्टाग्राम स्टोरीमा ‘हताश मानिसले हताश काम गर्छन्’ भन्ने रहस्यमय अभिव्यक्तिसहितको स्टाटस पोस्ट गरेकी थिइन्, जसले गर्दा धेरै आश्चर्यचकित भए ।

प्रतिक्रिया दिनुहोस