काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर : पर्मानेन्ट रिसेडन्ट’ को ट्रेलर रिलिज भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरियो ।
वैदेशिक अध्ययनको लागि अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीको संघर्षको कथावस्तुमा फिल्म बनेको छ । ऋणधन गरेर त्यहाँ पुगेका नेपालीले सपना पूरा गर्न गर्नुपर्ने संघर्षमा फिल्म आधारित छ ।
देशप्रेम पनि फिल्ममा समेटिएको छ । फिल्म प्रवर्धनको लागि कलाकार सुरज पौडेल र विनिता कार्की काठमाडौं आइपुगेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, ११ : ४८
लेखकबाट थप