काठमाडौं । पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका निम्ति १० लाख रुपैयाँ प्रदान गरेको छ ।
अस्पताल परिसरमा मङ्गलबार आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
त्यस अवसरमा राजदूत हाश्मीले पाकिस्तानी सहयोगमा निर्मित उक्त अस्पतालको सुदृढीकरणका लागि निरन्तर सहयोग गर्न पाएकामा पाकिस्तान गर्वित रहेको बताउँदै यो सहयोग पाकिस्तान–नेपाल सम्बन्धका निम्ति महत्त्वपूर्ण स्तम्भका रूपमा चिरकालपर्यन्त स्मरणीय रहने उल्लेख गरे ।
नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार राजदूत हाश्मीले चितवन शिक्षण अस्पतालको भ्रमण गरेर त्यहाँका विद्यार्थीसँग छलफल गरेका थिए । त्यसअघि उनले लुम्बिनीको भ्रमण गरेर लुम्बिनी विकास बोर्ड र लुम्बिनी नगरपालिकाका कार्यवाहक प्रमुखसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो
आँखा अस्पताललाई ८० लाख बढीको उपकरण सहयोग