काठमाडौँ । राप्रपाका नेताहरूले शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्रीलाई भेट गर्ने तय भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाले परम्परागत शक्तिको प्रतिनिधि संस्था राजसंस्था, परिवर्तनकारी पुस्ताका प्रतिनिधि जेनजी र राजनीतिक दलबिच नवीन समझदारी हुनुपर्ने धारणा राख्दै आएको छ ।
हालै बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्रीसँग भेट गर्ने औपचारिक निर्णय समेत गरेको थियो ।
राप्रपाले मंसिर २३ गते काठमाडौँमा उपत्यकास्तरीय प्रदर्शन गर्ने निर्णय समेत गरेको छ। प्रदर्शनअघि सरकारसँग राप्रपाले सर्वपक्षीय भेलाको माग गर्दै प्रधानमन्त्रीसँग भेट गर्न लागेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कमल थापालाई टिकट दिएपछि राप्रपामा रडाको
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन