काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच आज पनि छलफल हुँदैछ ।
नेताहरूवीच सभापति देउवाको अस्थायी निवास महाराजगञ्जमा दिउँसो २ बजे छलफल हुनेछ ।
पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विवादमा रुमल्लिएर पटकपटक केन्द्रीय समिति बैठक सार्दै आएको कांग्रेसमा समस्या समाधानका लागि बिहीबारदेखि सभापति देउवासँग कार्यवाहक सभापति खड्कासहित महामन्त्रीद्वयले छलफल गरिरहेका छन् ।
कांग्रेसमा १५औँ महाधिवेशन आगामी आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि कि पछि भन्ने विषयमा विवाद रहँदा गत असोज २८ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठक अझै टुङ्गिएको छैन ।
महामन्त्रीद्वय थापा र शर्मा पुसभित्र नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन् भने देउवा पक्षीय नेताहरू प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नसकिने पक्षमा छन् । तर सभापति देउवाले भने छलफलका क्रममा आगामी पुसमा महाधिवेशन गर्न सकिने सङ्केत देखाएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सानेपामा काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी
कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन
सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता
नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै