काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ । नेपाली काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउन भन्दै ६० बढी संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू नयाँ बानेश्वरस्थित आनन्तभूमि पार्टी प्यालेसमा जम्मा भएका हुन् ।
बिहान १० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, कान्तिका सेजुवाल, नृप वड, उर्मिला नेपाल केसी, डा.रनबहादुर रावल, विद्या तिमिल्सिना, राधा घले, गुरु बराल, गोमाकुमारी भट्टराई, रमा कोइराला पौड्याल, सिता देवकोटा, शान्ति विक परियार, रुपा विकलगायत केन्द्रीय सदस्यहरू सहभागी छन् ।
शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक आइतबारका लागि सारिएपछि त्यसबारे पनि बैठकमा छलफल भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कांग्रेसमा १५ औँ महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विवाद छ । संस्थापनले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ । निर्वाचनपछि महाधिवेशन गर्ने आवाजलाई बलियो बनाउन नेताहरू बैठक बसेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०८२, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?