काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ।
पटकपटक बस्दै नबसी स्थगित भएर आजका लागि सरेकाे कांग्रेस केन्द्रीय कार्य समितिको बैठक फेरि भाेलिका लागि सरेकाे हाे।
अब शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्नेगरि आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
यही मंसिर १ गते बस्ने भनिएको बैठक बस्दै नबसी पटकपटक सर्दै आएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झण्डै दुई महिना अघिदेखि जारी छ। महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा कांग्रेसभित्र तीव्र विवाद छ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले हिजो काठमाडौँमा भेला गरेर सभापति शेरबहादुर देउवामाथि दबाब बढाएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले तुरुन्तै विशेष महाधिवेशन गरेर युवा पुस्तालाई नेतृत्व सुम्पिन संस्थापन पक्षलाई दबाब दिँदै आएका छन्।
विशेष महाधिवेशन पक्षधरकाे हिजाेका भेलामा बाेल्ने वक्ताहरूले महामन्त्री थापालाई अब पार्टीको नेतृत्व सुम्पिनुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०८२, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति
कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
काँग्रेस संसदीय बोर्डको बैठक बस्दै
पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै
निष्क्रिय तथा पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई फर्कन काँग्रेसको आग्रह