काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १:०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति बनाउने, आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल हुने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै एजेन्डा केन्द्रित कार्यक्रम अघि बढाउने, चुनाव भइहालेमा चुनावी तयारी कसरी गर्ने भन्ने लगायतका विविध विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०८२, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कमल थापालाई टिकट दिएपछि राप्रपामा रडाको
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन