काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गरेका छन् । उनले जनताको सेवकको रूपमा सधैँ काम गर्ने बताए । उनले धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्थानीय विकास, राष्ट्रिय राजनीति र वर्तमान परिस्थिति र नेपाली कम्युनिस्ट पार्टीका बारेमा विस्तृत धारणा राखे ।
समारोहमा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएपछि उनले भने, “मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन । प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन । तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन ।”
प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अघि बढाउने विषयमा आफूले प्रधानमन्त्रीका रूपमा गरेको प्रयास र लगानी जुटाउने कोसिसको स्मरण गरे । उनले प्रधानमन्त्री भए पनि नभए पनि परियोजनाप्रति आफ्नो जिम्मेवारी कायमै रहने बताए ।
उनले भने, “म जुनसुकै जिम्मेवारीमा रहे पनि यो परियोजना अघि बढाउन म निरन्तर लागि पर्छु ।” प्रधानमन्त्री भएका समयमा सिंहदरबारमा परियोजनाका मोडालिटी र आर्थिक संयोजनबारे तीन पटकभन्दा बढी उच्चस्तरीय बैठक भए पनि इच्छाअनुसार गति दिन नसकिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य