काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा) बोलाएको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसाे १ बजे हुने भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब दिनेछ । केन्द्रीय समिति बैठक भोलि (बिहीबार) बस्दैछ ।
भेलामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि नेताहरू सहभागी हुनेछन् ।
कांग्रेस केन्द्रीय समिति गत असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अघि वा पछि भन्ने विषयमा विवाद छ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचन अघि नै नियमित महाधिवेशन वा सो हुन नसके विशेष महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् । तर सभापति शेरबहादुर देउवा पक्षले भने निर्वाचन अघि महाधिवेशन सम्भव नहुने बताउँदै आएको छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरिसकेका छन् ।
विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेको अगुवाइमा आयोजना गरिने भेलामा महामन्त्रीद्वय थापा र शर्मा भने नजाने बुझिएको छ । विशेष भेलालाई नरहरि आचार्य, महेश आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैयाँ लगायत नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
यसअघि विशेष महाधिवेशन पक्षधरले मङ्गलबार काठमाडौं उपत्यकाका नेताहरू, बागमती प्रदेशअन्तर्गतका जिल्ला एवं क्षेत्रीय सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सानेपामा काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी
कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन
सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता
नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै