काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको एकता सन्देश सभाले आगामी निर्वाचनका लागि दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार, सभाले पार्टी एकता दृढ रहेको देखाउने मात्र नभई जनस्तरबाट पनि राजनीतिक प्रक्रिया र निर्वाचनको पक्षमा सक्रिय सन्देश प्रवाह गर्नेछ।
प्रचण्डले भने, ‘हामी एकता सन्देश सभामार्फत जनतामा स्पष्ट सन्देश दिन चाहन्छौँ र आगामी निर्वाचनलाई प्रभावकारी बनाउन दबाब सिर्जना गर्नेछौँ।’
संयोजक प्रचण्डले एकता र स्थिरतामाथि जोड दिँदै दलभित्र र पार्टी बाहिर दुवै तहमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता दोहोर्याए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ढुक्क हुनुस् काँग्रेस फुटेर चुनाव रोकिँदैन': प्रचण्ड
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँ’: प्रचण्ड
परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैन: प्रचण्ड
वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड