काठमाडौं । विभिन्न मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन पुगेका जेन-जी अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।
प्रधानमन्त्री कार्यालयको अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरूलाई प्रहरीले दक्षिण गेटमा रोकेर लखेटेको हो । आफूहरू जसरी पनि सिंहदरबार छिर्न पाउनुपर्ने भन्दै युवाहरूले प्रदर्शन गर्न खोजेपछि प्रहरीले लखेटेर हनुमानस्थान पुल कटाएको हो ।
त्यसपछि उनीहरू हनुमानस्थाननजिक धर्नामा बसे । त्यस क्रममा जेन-जी अभियान्ता मिराज ढुंगानाले प्रधानमन्त्री कार्कीसँग भेट्न पटक पटक समय माग्दा पनि नपाएपछि आफूहरू पस्न खोजेको बताए ।
जेन-जी युवाहरूको मागलाई बेवास्ता गर्दै सरकार निर्वाचनमा मात्रै केन्द्रित भएकोबारे आफूहरूले प्रधानमन्त्रीलाई अवगत गराउन खोजेको उनले बताए ।उनले युवाहरूलाई स्वदेशमै गरिखान दिने वातावरण बनाउनुपर्ने र यसका लागि स्थिर सरकार आवश्यक रहेको धारणा राखे । उनले प्रधानमन्त्रीलाई जेन-जी युवाहरूको भावनाविपरीत चल्ने छुट नभएको चेतावनी पनि दिए ।
उनले अबको निर्वाचनमा सरकारले पुरानै राजनीतिक दलहरूलाई प्राथमिकता दिन खोजेको बताए । यदि पुरानै दलहरू फेरि फर्किए आफूहरूको माग पूरा हुन नसक्नेतर्फ उनले सरकारलाई सचेत पनि गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिराज ढुंगाना समूहलाई प्रहरीले लगायो सिंहदरबार प्रवेशमा रोक
जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमणः केही सदस्यमाथि हातपात