जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमणः केही सदस्यमाथि हातपात

सफल खबर संवाददाता

विहीबार, ०४ मंसिर २०८२, १० : ३१
जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमणः केही सदस्यमाथि हातपात

काठमाडौं । जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ । ढुंगानाले आफ्नो राजनीतिक अभियानका सञ्चालनका लागि खोलेको कार्यालयमा आक्रमण भएको हो।

मिराजले भनेका छन्, ‘साँझ हाम्रो अभियानको कार्यालयमाथि आक्रमण भएको छ । हाम्रा साथी र महिला साथीमाथिसमेत हातपात भएको छ ।’

उनले यो के गर्न खोजेको हो भनेर सामाजिक सञ्जाल फेसबुकमा प्रश्नसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस