काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गरेका नेताहरुले भोलि काठमाडौंमा विशेष भेला आयोजना गर्न लागेका छन् । काठमाडौंको राष्टिय सभा गृहमा उनीहरुले विशेष भेला बोलाएका छन् ।
कांग्रेसले महाधिवेशनका बारेमा गत असोज २८ यता छलफल गरेपनि निर्णय लिन सकेको छैन । कांग्रेसमा नियमित महाधिवेशन गर्ने या विशेष महाधिवेशन गर्ने ? फागुन २१ को चुनाव अगाडी गर्ने या पछाडी गर्ने भन्ने गोलचक्करमा कांग्रेस छ ।
कांग्रेसमा जेनजी पुस्ताको आन्दोलनपछि नेतृत्व परिवर्तनको माग राखेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णवहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । त्यही हस्ताक्षर बुझाएको समूहले १० मंसिर (बुधबार) विशेष भेला बोलाएका छन् ।
काठमाडौंको राष्ट्रिय सभामा बोलाइएको विशेष भेलामा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछैनन् । तर, चुनावअघि नै महाधिवेशन हुनुपर्ने तथा पार्टी पुनर्संरचना हुनुपर्ने आवाज उठाएका नेता सहभागी हुनेछन् ।
भेलाले विशेष महाधिवेशनका बारेमा केन्द्रीय समितिलाई दबाब दिने र बिहीबारपछि कुनै निर्णय लिने सन्देश प्रवाह गर्ने दावी गरिएको छ । कांग्रेसको अर्काे बैठक बिहिबारका लागि बोलाइएको छ ।
‘यो सामान्य भेला होइन, विशेष भेला हो । यसले विशेष महाधिवेशनको निर्णय लिन पनि सक्छ । यसलाई सामान्य रूपमा हेर्नुहुँदैन ।’ विशेष महाधिवेशन पक्षधर नेताहरुले दावी गरेका छन् । तर, संस्थापननिकट केन्द्रीय सदस्यहरूले बिहीबारको केन्द्रीय समिति बैठकसम्म कुर्न उनीहरुलाई सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सानेपामा काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी
कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन
सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता
नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै