पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात

सफल खबर संवाददाता

शनिबार, ०६ मंसिर २०८२, १० : ०७
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक हिमपात भएको छ ।

शुक्रबार रातिदेखि हिमपात सुरु भएको हो । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो ।

हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए ।

चिसो बढेसँगै पाथीभरा क्षेत्र विकास समितिले समेत जाडोबाट बच्न तथा सतर्कता अपनाउन तीर्थयात्रीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस