काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि पटकपटक स्थगित हुँदै मंसिर ४ गतेका लागि बोलाइएको बैठक पनि स्थगित गरेर आजका लागि सारिएको थियो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ ।
गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सदस्यहरूबीच मतभिन्नता रहेको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन अघिनै पुसभित्र महाधिवेशन सक्नुपर्ने बताइरहेका छन् भने सभापति शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।
महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन नहुने हो भने करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनाअनुसार विशेष महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम गत कात्तिक २७ गते नै सकिएको भए पनि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै पटक पटक सारिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?