काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि पाठ्यपुस्तक तथा पाठ्यसामग्री छपाइ–वितरणमा सहभागी हुन इच्छुक मुद्रक तथा वितरकबाट सिलबन्दी प्रस्ताव माग गरेको छ।
निर्देशिका २०७९ बमोजिम तथा मन्त्रालयको कात्तिक २७ को निर्णयअनुसार केन्द्रले शैक्षिक सत्र २०७९/८० मा अनुमति पाएका मुद्रक–वितरकको नवीकरणका साथै अतिरिक्त इच्छुक कम्पनीलाई सूचीकरणका लागि आवेदन मागेको हो। कक्षा १, २ र ४ का पाठ्यपुस्तक तथा विद्यालय तहका अन्य पाठ्यसामग्री निजी क्षेत्रबाट छपाइ गरी वितरण गर्ने तयारीसहित प्रस्ताव आह्वान गरिएको बताइएको छ।
केन्द्रले समूह ‘क’ अन्तर्गत कक्षा १, २ र ४ का पाठ्यपुस्तकहरू तथा समूह ‘ख’ अन्तर्गत विद्यालय तहका पाठ्यक्रम, पाठ्यसामग्री, शिक्षक निर्देशिका, मातृभाषा तथा परम्परागत पाठ्यपुस्तकसहित विभिन्न सन्दर्भ सामग्री छपाइ–वितरणका लागि प्रस्ताव मागेको छ।
सिलबन्दी प्रस्ताव पेश गर्ने अन्तिम मिति मंसिर १९ गते दिउँसो १२ बजेसम्म निर्धारण गरिएको छ। पेश गरिएका प्रस्तावहरू सोही दिन दिउँसो २ बजे सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रमा खोलिने छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री
जुम्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
जनक शिक्षा प्रादेशिक कार्यालय चितवनमा पाठ्यपुस्तक पर्याप्त
शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए पाठ्यपुस्तक