काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीभित्रको आन्तरिक विवाद मिलाउन पूर्णतः असफल भएको निश्कर्ष कांग्रेसकै संस्थापन पक्षका सात पूर्व पदाधिकारीले निकालेका छन् ।
कार्यबाहक सभापतिले चुनाव अगाडी महाधिवेशन गर्ने की पछाडी गर्ने ? नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने भन्ने विवादमा निरुपण गर्न नसक्दा कांग्रेसको बैठक लम्बेको लम्ब्यै छ ।
आजका लागि बोलाइएको बैठक समेत फेरि ४ मंसिरमा गर्ने गरी सरेको छ । उपचारका लागि सिंगापुर पुगेका देउवा शुक्रवार स्वदेश फर्किसकेका छन् । उनले शनिबार एकदिन आराम गरेर आइतबार देखि सक्रिय हुन थालेका छन् ।
पूर्व महामन्त्री समेत रहेका नेता कृष्ण सिटौलासहितका ७ जना पूर्व पदाधिकारीले सभापति देउवालाई नै पूनः कांग्रेसको सक्रिय राजनीतिमा फर्काउन दौडधुप थालेका छन् ।
कांग्रेसभित्रको विवादका बारेमा कार्यबाहक सभापति खड्काले पक्ष विपक्षमा कुनै निर्णय नलिने भन्दै सभापति देउवासँग परामर्शमा निर्णय लिन बैठक सार्न थालेका थिए । महामन्त्रीद्दय विश्वप्रकाश शर्मा र गगन थापाले चुनाव अगाडी सके नियमित महाधिवेशन नसके विशेष महाधिवेशन गर्नुपर्ने मत राख्दै आएका थिए । यही आधारमा कांग्रेसमा विवाद छ ।
सिटौलाले आफैं अबको महाधिवेशनबाट सभापति बन्न र देउवाको साथ खोज्न चाहिरहेका छन् । त्यसका लागि कार्यवाहक सभापति पूर्णवहादुर खड्कालाई नेतृत्व गर्न सक्षम नरहेको देखाउन सके आफुमा देउवाको साथ सर्न सक्ने ठानेपछि खड्कालाई असफल देखाउन चाहिरहेका छन् ।
पूर्व पदाधिकारीहरु सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शंशाक कोइराला, प्रकाशशरण महतसहितका सात पदाधिकारीले पूर्णवहादुर समस्या समाधानमा असफल भएको निश्कर्षमा छन् । देउवाले आइतबार पूर्णवहादुर खड्कासँग लामो सम्वाद गरेका थिए । त्यसपछि एकपछि अर्काे गदै अन्य नेताहरुलाई पनि भेटघाट गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ मंसिर २०८२, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?