काठमाडौं । बालखैमा दिल बस्यो गौथलीको सफलतापछि बालखैमा दिल बस्यो गौथली २ सार्वजनिक भएको छ । जसमा बालगायक निश्चल अधिकारीको स्वर तथा दीपक शर्माको शब्द तथा संगीत सृजना रहेको छ ।
नरेन्द्र वियोगीको एरेन्ज मिक्सिङ् तथा मास्टरिगं रहेको गीतमा बालकलाकारद्धय आलोक चौरेली र आयुषा ढकालको लोभलाग्दो अभिनय देख्न सकिन्छ ।
सार्वजनिक गीतको भिडियोमा उज्जवल भविष्यको संभावना खोज्दै दुर दराजको गाउँबाट शहर पसेको एpटा बालकले भोग्नु परेको असहज परिस्थितीलाई भिडियोमा देखाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०८२, १३ : १४
लेखकबाट थप