काठमाडौँ । मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री सुशीला कार्कीले म्याद थपका लागि आग्रह गरेकी छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भर्खरै टेलिफोनमा कुराकानी गर्दै म्याद थपका लागि आग्रह गरेकी हुन्।
यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन्।
राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् ।
त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की