काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ ।
आयोगले उपसचिवहरू प्रकाश न्यौपाने, कुलबहादुर जिसी र संगीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो । आयोगले थप गरिएका तीन सहायक प्रवक्ताको विवरण आफ्नो वेबसाइटमा समावेश गरेको छ ।
आयोगका प्रवक्तामा सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन् भने सूचना अधिकारीमा कम्प्युटर अधिकृत सुमन घिमिरेले कार्य गर्दै आएका छन् ।
विगतका निर्वाचनमा पनि सहायक प्रवक्ताहरू थपेर निर्वाचनका सूचना र गतिविधिलाई महत्त्व दिने आयोगको अभ्यास रहेको छ ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन आगामी फागुन २१ र राष्ट्रियसभा सदस्यको १८ सदस्यको निर्वाचन आगामी माघ ११ गतेका लागि निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने