काठमाडौँ । निर्वाचन आयोगका अनुसार ३२ वटा दल दर्ता प्रक्रियामा छन् । यसमध्ये २३ वटा दल जेन जेड आन्दोलन यता दर्ता हुन पुगेका दल हुन् भने ९ वटा पुराना हुन् ।
केही दल दर्ता समेत भइसकेका छन् । आयोगका अनुसार दल दर्ताको आधिकारिता पाउने दलको संख्या १२६ पुगेको छ ।
दर्ता प्रक्रियामा रहेका दलहरूमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधव नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’को कम्युनिस्ट पार्टी नेपाल, अनुप कुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी रहेका छन् ।
हिराप्रसाद सोतीको राष्ट्रिय जेन जेड पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, नवराज सुवेदीको नवयुग पार्टी, अजयकुमार राईको राष्ट्रिय परिवर्तन पार्टी र गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी दर्ता प्रक्रियामा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने