क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

सफल खबर संवाददाता

आइतबार, २३ कार्तिक २०८२, ०८ : ४५
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली क्रिकेटका हस्ती शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि भेषावकरले सन्यास लिएका हुन् ।

भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो । नेपाल आइतबार भएको अन्तिम खेलमा यूएईसँग पराजित भएको छ । योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समाप्त गरेको छ ।

शनिबार भारतलाई हराएको नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग पराजित भएको हो।

यूएईसँगको खेलपछि हङकङ सिक्सेसले उसको फेसबुक पेजमा शरदको बिदाइको भिडियो सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस