काठमाडौँ । विघटित प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै त्यसविरुद्द चलाएको हस्ताक्षर अभियानमा देश विदेशबाट कति पैसा जम्मा भयो होला ?
अदालतको फैसलाविरुद्द हस्ताक्षर गर्ने र पैसा संकलन गर्ने काम रास्वपाले गरेको थियो । रास्वपाले यस्तो अभियान चलाउँदा यसको पक्ष-विपक्षमा मत सार्वजनिक भएका थिए । तर रास्वपाले अभियानको संयोजक नै तोकेर यस अभियानलाई अगाडी बढाएको थियो ।
गत असार ७ गतेदेखि भदौं २३ अगाडीसम्म (जेनजी अन्दोलनअघिसम्म) सञ्चालन गरिएको उक्त अभियान उसले रणनीतिक अर्थका साथ चलाएको बताउँदै आएको थियो ।
उक्त अभियानमा देशभित्र-बाहिरबाट जम्मा भएको रकमको फेहरिस्त रास्वपाले सार्वजनिक गरेको छ । पार्टीको चितवनमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकमा अभियानका संयोजक दीपक बोहोराले हिसावकिताव सार्वजनिक गरेका हुन् ।
उनले अभियानका क्रममा कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ देश विदेशबाट सहयोग प्राप्त भएको हिसाव सार्वजनिक गरेका छन् । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट ११ लाख १३ हजार ७५ नगद, केन्द्रीय कार्यालयमा चेकबाट २ लाख ६० हजार ७ सय ७७ र क्यूआर कोड र बैंकमार्फत ५३ लाख ८५ हजार ६ सय ७० रुपैयाँ संकलन भएको रास्वपाले जनाएको छ ।
त्यस्तै, अभियान सञ्चालनका क्रममा ३३ लाख ७२ हजार ४ सय ४२ रुपैयाँ खर्च भएको विवरण पनि अभियान संयोजक बोहराले जानकारी दिएका छन् । जसमा अपील र हस्ताक्षर फारम छपाईमा १९ लाख ६९ हजार ६ सय ६९ रुपैयाँ, फ्लेक्स, व्यानर आदि छपाईमा ६ लाख २ हजार ७ सया १२ रुपैयाँ, तयारी तथा प्राविधिकमा ५९ हजार २ सय ९१ रुपैयाँ र बुथ प्रतिनिधि (स्यम सेवक)र कर्मचारी शिर्षकमा ६ लाख ५८ हजार ८ सय रुपैयाँ र विविध शिर्षकमा ८१ हजार ९ सय ७० रुपैयाँ खर्च भएको बोहोराले हिसाव देखाएका हुन् ।
अब रास्वपासँग अभियानका क्रममा उठेको रकममध्येबाट ३३ लाख ८७ हजार ८० रुपैयाँ बचत रहेको संयोजक बोहोराले जानकारी दिएका छन् । ती पैसा बैंक खातमा मौज्दात रहेको पनि उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
रास्वपा दैलेख अधिवेशनपछि विवाद
रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत