काठमाडौँ। हङकङ सिक्सेस क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ ।
हङकङमा जारी क्रिकेटमा आज बिहान भएको खेलमा नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो ।
नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभर ४५ रनमा समेटियो । प्रीयंक पन्चल र भरत चिप्लीले समान १२ रन जोडे । बलिङमा नेपालका रसिद खानले ३, बसिर अहमदले २ र रुपेश सिंहले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा कुनै विकेट नगुमाइ १३७ रन बनाएको थियो । राशिद खानले सर्वाधिक ५५ बनाए। सन्दीप जोराले ४७ र लोकेश बम ३१ बनाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल