काठमाडौँ। हङकङ सिक्सेस क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ ।
हङकङमा जारी क्रिकेटमा आज बिहान भएको खेलमा नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो ।
नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभर ४५ रनमा समेटियो । प्रीयंक पन्चल र भरत चिप्लीले समान १२ रन जोडे । बलिङमा नेपालका रसिद खानले ३, बसिर अहमदले २ र रुपेश सिंहले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा कुनै विकेट नगुमाइ १३७ रन बनाएको थियो । राशिद खानले सर्वाधिक ५५ बनाए। सन्दीप जोराले ४७ र लोकेश बम ३१ बनाए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास