काठमाडौँ । पार्टी एकता प्रक्रियामा असहमति राखेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव धनश्याम भुसालसँग नेकपा माओवादीका संयोजक ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।
दुई नेतालाई निवासमै बोलाएर प्रचण्डले छलफल गरेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।
उनले भने, ‘उहाँहरू (खनाल र भुसाल) दुवैजनाले ‘प्रचण्ड’सँग छलफल गर्नुभएको हो । अघिपछि आए पनि सँगै छलफल भएको थाहा छ, तर के सहमति भयो वा भएन भन्ने जानकारी भएन ।’
छलफलमा माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । माओवादीसहित ९ दलसँग अध्यक्ष माधव नेपालले एकता गर्ने निर्णय गरेपछि खनाल र भुसाल असन्तुष्ट बनेर बेग्लै अभियानमा लाग्ने प्रयास गरिरहेको बेलामा प्रचण्डले निवासमै बोलाएर मनाउन खोजेका हुन् ।
प्रचण्डले दुवै नेताहरूलाई आफूले थालेको वाम एकताको पक्षमा उभिन आग्रह गरेको बताइन्छ । आज दिउँसो १ बजे ९ पार्टीहरूबीच एकता घोषणा हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १२ : २२
लेखकबाट थप