निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार

सफल खबर संवाददाता

आइतबार, १६ कार्तिक २०८२, २० : ०९
निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा निर्वाचन केन्द्रित छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि सङ्घ सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।

प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा सराहना गर्दै उनीहरूले निर्वाचनका पक्षमा वातावरण बनाउन यी कदम फलदायी बन्ने विश्वास पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस