काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीका पदाधिकारीहरूले केन्द्रीय समितिलाई बन्धक बनाएको आरोप लगाएका छन् ।
पार्टीको १५औं महाधिवेशनको कार्यतालिका समयमै नल्याएर बारम्बार केन्द्रीय समिति बैठक स्थगित गरिएको भन्दै महरले यस्तो अवस्थाले समग्र केन्द्रीय समितिलाई नै बन्धक बनाएको अनुभूति भएको बताए ।
मंगलबार बानेश्वरस्थित सचिवालयमा भ्रातृ संगठनका पदाधिकारीसँगको छलफलमा नेता महरले महाधिवेशन समयमै सम्पन्न गर्नका लागि पदाधिकारीका तर्फबाट आउनुपर्ने कार्यतालिका शीघ्र ल्याउन माग गरे ।
‘कार्यतालिका समयमै नआएका कारण बारम्बार केन्द्रीय समितिको बैठक स्थगित हुँदा समग्र नेपाली कांग्रेस केन्द्रीय समितिलाई बन्धक बनाएको अनुभूति आफूलाई भएको छ,’ महरको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १६ : १४
लेखकबाट थप