काठमाडौ । नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरिएको छ।
नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो। बोलपत्र बुझाउने अन्तिम मिति पुस २ गते तोकिएको छ।
सुरुङ सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यक परेपछि पाँच वर्षका लागि सेवा प्रदायक चयन गर्न लागिएको आयोजनाले जनाएको छ। सुरुङ २४ घण्टा सञ्चालन हुने भएकाले १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ।
सरकारले सुरुङमार्गमा गुड्ने सवारीका लागि टोल दर निर्धारण गरिसकेको छ । जसअनुसार कार तथा भ्यानका लागि ६०–६५ रुपैयाँ, मिनिबस र मिनिट्रकका लागि ८०–११५ रुपैयाँ, बस र ट्रकका लागि २००–२६० रुपैयाँ र भारी उपकरण सवारीका लागि २५०–६०० रुपैयाँसम्म दस्तुर तोकिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिद्धबाबा सुरुङमार्गको काम ६० प्रतिशत