काठमाडौँ । काठमाडौँबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडौँ महानगरपालिका-४ स्थित हिमाल डेन्टल हस्पिटल अगाडिबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा मकवानपुरका ३२ वर्षीय सरोज लामा र दाङका १९ वर्षीय हरि मगर रहेका छन्। उनीहरू हाल काठमाडौँको कपन क्षेत्रमा बस्दै आएका थिए। ट्राफिक प्रहरीले बा ६६ प ५६८३ नम्बरको चोरी भएको मोटरसाइकल प्रयोग गरिरहेको अवस्थामा फेला पारेपछि दुवैलाई नियन्त्रणमा लिएको हो।
उक्त मोटरसाइकल अविनाश पुजारीको थियो, जसले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ११, लसुनटारबाट हराएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए।
नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ
प्रहरी वृत्त महाराजगञ्जका जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ
पेस्तोलसहित एक जना पक्राउ