जेनजी प्रदर्शनका क्रममा भएको क्षति मूल्यांकन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०८२, १४ : ०७
जेनजी प्रदर्शनका क्रममा भएको क्षति मूल्यांकन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन

काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्यांकन गर्न तथा पुन:निर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका छन् ।

राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा. दिवाकर लुइँटेलका अनुसार आगामी हप्ताभित्र सबै क्षतिको विवरण संकलन गरिसक्ने गरी टोली परिचालन गरिएको हो । तथ्यांक संकलनमा एकरूपता तथा सहजताका लागि आयोगले ‘क्षति मूल्यांकन सर्वेक्षण पोर्टल’ समेत सञ्चालन गरेको र सम्बन्धित स्थानीय तह तथा प्रदेश र संघका कार्यालयले अनलाइनमार्फत क्षतिको विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

“प्रदर्शनका क्रममा क्षति पुगेका ४४ जिल्लाका करिब २६० हाराहारी पालिका, सबै प्रदेश र संघीय सरकारका विषयगत मन्त्रालय एवं केन्द्रीय निकायलाई ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराइएको छ । संकलित तथ्यांक तथा विवरण सर्वेक्षण पोर्टलमा राख्नुपर्नेछ”,सहायक प्रवक्ता लुइँटेलले भने ।

प्रतिक्रिया दिनुहोस